स्वास्थ्य

असार २२ देखि दोस्रो चरणको भेरोसेल खोप लगाइने

अघिल्लो खोप अभियानमा पहिलो डोज लगाइ छुटेकाले पनि लगाउन पाउने

इकागज |
असार ११, २०७८ शुक्रबार १६:५० बजे

काठमाडौं : कोभिडविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकालाई असार २२ गतेबाट दोस्रो चरणको खोप लगाइने भएको छ । अघिल्लो खोप अभियानमा भेरोसेल खोपको दोस्रो डोज लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो डोज लगाउन पाउने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमणसिंहले जानकारी दिए । पहिलो मात्रा लगाएकाले कार्ड अनिवार्य देखाउनुपर्नेछ । 

चीनले अनुदानस्वरूप १० लाख डोज खोप दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ गते खोप लगाउने निर्णय गरेको थियो । चीनले हालसम्म १८ खोप सहयोग प्रदान गरिसकेको छ ।


देशभर जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ भेरोसेल खाेपको पहिलो डोज लगाइएको थियो । नेपालमा पहिलो चरणको खोप गत वर्षको माघ १४ गतेदेखि २४ गते सम्म भारत सरकारले कोभिसिल्ड खोफ अनुदानस्वरुप दिएको १० लाख डोज लगाइएको थियो ।


Author

थप समाचार
x