स्वास्थ्य

१२ करोड लागतमा ट्रमा सेन्टर

इकागज |
असोज १९, २०८१ शनिबार १६:३२ बजे

नवलपरासी -  पश्चिम नवलपरासीको बर्दघाटमा काठमाडाैँ बाहिर पहिलो  ट्रमा सेन्टरको निर्माण सुरु गरिएको छ । बर्दघाट नगरपालिकामा संघीय सरकारको करिब  १२ करोड लागतमा निर्माण हुने ट्रमा सेन्टरको निर्माण कार्य सुरु भएको हो । 

 नगर प्रमुख शम्भुलाल श्रेष्ठले ट्रमा सेन्टरको निर्माणले बर्दघाटका स्वास्थ्य क्षेत्रमा नयाँ आयाम ल्याएको बताए । ट्रमा सेन्टर निर्माण पश्चात जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिइएको छ । 


 डेढ वर्षमा सम्पन्न हुने ट्रमा सेन्टर २०८२ साल पुस २३ गतेभित्र सम्पन्न गरिने योजना रहेको छ । बर्दघाट ट्रमा सेन्टरको निर्माण सम्पन्न भएपश्चात् यो क्षेत्रका जनताले अत्याधुनिक स्वास्थ्य सेवाको पहुँच प्राप्त गर्ने जनाइएको छ ।


Author

थप समाचार
x