सर्पदंशबारे थाहा पाइ राखौँ यी कुरा
फाइल तस्बिर
कोभिड महामारी र बाढीपहिरोको विपद्का माझ सर्पदंशको जोखिम समेत बढ्दै गएको छ । नेपालमा पाइने सर्पहरूमध्ये गोमन, राजगोमन, करेत, मुगा, बाघे जस्ता सर्पहरू विषालु सर्पमा गनिन्छन् । यस्तोमा सर्पको टोकाइबाट बच्न र टोकिहाले के गर्ने भन्नेबारे जान्नु र सचेत रहनु एकदमै जरुरी छ ।
सर्पदंशबाट जोगिन के गर्ने ?
– राति हिँड्नु परे टर्च लाइट लिएर हिँडने
– जुत्ता वा गम बुट लगाउने
– खुट्टा राम्ररी छोप्ने बाक्लो प्यान्ट लगाउने
– घर वरपरको घाँस, झारपात काटेर सफा राख्ने
– काठ, ढुङ्गा, टुटेफुटेका सामानको थुप्रो हटाउने
– जमिनका दुलाहरू टाल्ने
– पराल, दाउरा आदि तान्न जाँदा होसियारी अपनाउने
– सुत्नुअघि ओछ्यान, खाटमुनी र वरपर राम्ररी हेर्ने
– झुल टाँगेर सुत्ने
– सर्प देखे टाढै रहने
सर्पले टोकिहाले के गर्ने ?
– डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने
– सर्पले डसेको ठाउँमा काट्ने, चुस्ने, बाँध्ने नगर्ने
– कुनै पनि मलम, रासायनिक पदार्थ, तातो–चिसो प्रयोग नगर्ने
– बिरामीको आत्मविश्वास कायम राख्ने
– सम्भव भएसम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने
– बिरामीलाई जतिसक्दो चाँडो अस्पताल वा सर्पदंश केन्द्र पुयाउने ।
(स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया