'स्वास्थ्य संकटका बेला अनुसन्धानको आवश्यकता छ'
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौँ राष्ट्रिय शिखर सम्मेलन असार १७ र १८ गते हुने भएको छ । परिषद्ले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै कोभिड-१९का कारण यसअघि स्थगित गरिएको सम्मेलन बिहीबार र शुक्रबार हुने जानकारी दिएको हो ।
परिषद्का कार्यकारी सदस्य सचिव डा.प्रदीप ज्ञवालीका अनुसार सम्मेलन कार्यालयबाटै भर्चुअल माध्यमबाट हुनेछ । स्वास्थ्य तथा जनसंख्याका विषयमा नयाँनयाँ अनुसन्धान गर्न र गर्न विगत सात वर्षदेखि वार्षिक रुपमा शिखर सम्मेलन गर्दै आएको ज्ञवालीले जानकारी दिए ।
विज्ञहरुलाई एकै ठाउँमा राखेर जनस्वास्थ्य संकटको बेला अनुसन्धानको आवश्यकताको बारेमा छलफल गर्ने तथा जिम्मेवारीपूर्वक अनुसन्धान कार्य गर्न अभिप्रेरित गर्ने लक्ष्यका साथ सम्मेलनको आयोजना गरिएको ज्ञवालीले बताए । सम्मेलनमा खोज तथा अनुसन्धानका बारेमा ४७ वटा अनुसन्धान कार्यहरुको प्रस्तुती, १९ वटा पोष्टर तथा २४ वटा आमन्त्रीत प्रस्तुतिकरण रहने उहाको भनाई छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया