थप २ हजार ७ सय ६० जनामा कोभिड संक्रमण
काठमाडौँ : नेपालमा बिहीबार थप २ हजार ७ सय ६० जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार १ सय ३० पिसिआर परीक्षणका क्रममा १ हजार ८ सय ५७ र ३ हजार ८ सय ५५ एन्टीजेन परीक्षणका क्रममा ९०३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा संक्रमितको संख्या ६ लाख ७६ हजार ५०९ पुगेको छ । त्यस्तै कोभिडका कारण थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार १ सय ४५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप ४ हजार १७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख १ सय ४९ संक्रमित निको भएका छन् ।
हाल नेपालमा ३१ हजार ३६८ सक्रिय संक्रमित आइसोलेसन र ३४५ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा ३३ लाख ५१ हजार २६३ वटा पिसिआर र १ लाख ९२ हजार ६६६ वटा एन्टीजेन परिक्षण भएको मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया