स्वास्थ्य

चीनबाट ल्याइने १० लाख डोज खोप ५५ वर्ष माथिकालाई लगाइने

अतिन आचार्य |
असार १८, २०७८ शुक्रबार १६:१५ बजे

फाइल तस्बिर

काठमाडौँ : आउदो बिहीबार चीनबाट १० लाख खोप आउँने भएको छ । बेइजिङबाट न्यूनतम १० लाख खोप नेपाल वायुसेवा निगमले ल्याउने तयारी रहेको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले इकागजलाई जानकारी  दिए ।

'खोप लिनका लागि तयार हुनु भनेर सरकारबाट निर्देशन आएको छ,' पौडेलले भने,'सरकारले हामीलाई खोप ल्याउन तयार हुनु भनेकाले खुसी भएका छौ ।' उनका अनुसार चीनबाट भेरोसेल खोप ल्याइने छ । चीनबाट कूल ३० लाख खोप क्रमवद्ध रूपमा आउने जानकारी पनि उनले दिए ।  आइतबारदेखि उडान तालिका नै तय गरेर खाेप ल्याउने पनि उनले बताए । 


चीनबाट ल्याएको खोप उमेर समूह अनुसार लगाइने खोप महाशाखाका डा. तारानाथ पोख्रेलले जानकारी दिए । ५५ वर्षभन्दा माथिका मानिसलाई खोप लगाइने उनले प्रस्ट पारे । 'खोप लगाउनका लागि मन्त्रिपरिषद्‍बाट कार्ययोजना परिवर्तन भएमा अन्य पेशाका मानिसलाई खोप लगाइन्छ,' उनी भन्छन,' खोप लगाउन बाँकी उमेर समूहका मानिसलाई लगाइन्छ ।'

डब्लूएचओको कोभ्याक्स कार्यक्रम मार्फत अष्ट्राजेनिकाको खोप आएमा कोभिसिल्डको पहिलो डोज लगाएका करिब १५ लाख मानिसलाई उक्त खोप लगाइने पोख्रेलले बताए । 

हालसम्म पहिलो र दोस्रो डोज गरेर १० प्रतिशत मानिसलाई खोप लगाइसकेको उनले बताए । पहिलो डोज खोप ८ प्रतिशत र दोस्रो डोज ३ प्रतिशत मानिसले लगाइसकेको उनको भनाइ छ । महामारीमा एक खोप मानिसका लागि प्रभावकारी हुने उनको दाबी गरे । कोभिसिल्ड खोपको पहिलो डोज लगाउँदा पनि करिब ६ महिनसम्म यसको उपयोगिता रहने उनले प्रस्ट पारे ।

कोभिसिल्डको पहिलो डोज खोपको पनि प्रभावकारीता लामो समयसम्म रहने गरेको पोख्रेल प्रस्ट पारे । भेरोसेल खोपको प्रभावकारिता पनि ८० प्रतिशत रहेको उनले बताए । कोभ्याक्सबाट खोप ढिलोमा साउनको दोस्रो सातासम्म आइपुग्‍ने दावी पोख्रेलले गरे ।  उनकाअनुसार जोन्सन एण्ड जोन्सन र अष्ट्राजेनिकाकाको खोप आउँछ ।

अष्ट्राजेनिकाको खोप कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन बाँकी रहेकालाई लगाइने तय भएको छ । चीनबाट यसअघि अनुदानस्वरुप १८ लाख खोप आइसकेको छ । पहिलो चरणमा ८ लाख खोप गत वर्षको चैत १६ गते आएको थियो । १० लाख अनुदान स्वरुप पुनः आएको थियो । १० लाख खोप आएको मध्येबाट पहिलो चरणको खोप लगाएर दोस्रो चरणको खोप मंगलबारदेखि लगाइँदैछ ।

यो पनि
चीनबाट असारभित्रै खोप ल्याइँदै, ५५ वर्षमाथिकालाई लगाइने


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x