स्वास्थ्य

कोभिड– १९ अपडेट

स्वास्थ्य मन्त्रालयको दाबी : संक्रमित निको हुने दर ९४  प्रतिशत

इकागज |
असार १८, २०७८ शुक्रबार २०:४१ बजे

काठमाडौँ : पछिल्लो २४ घण्टामा थप दुई हजार २९९ जनामा कोभिड-१९  संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा छ हजार ५६६ जनाको पीसीआर तथा चार हजार ३० जनाको एन्टिजेन परीक्षण गरिएकोमा क्रमशः एक हजार ३९१ र ९०८ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अबधिमा देशभर ३४  सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा नौहजार १७९ जना सङ्क्रमितको मृत्यु भएको छ । त्यस्तै  सोही अबधिमा देशभर तीन  हजार ४५१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।  


मन्त्रालयका अनुसार संक्रमणको निको हुने दर ९४  प्रतिशत रहेको छ । हालसम्म ६ लाख तीन हजार ६००  सङ्क्रमित निको भइसकेको जनाइएको छ । हालसम्म  ३३ लाख ५७ हजार ८२९ को परीक्षण भएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार २७४ जना रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x