स्वास्थ्य

प्रदेश २ मा सबैभन्दा कम खोप

बागमतीमा पहुँच र जनसंख्याका आधारमा धेरैले पाए खोप

अतिन आचार्य |
असार १९, २०७८ शनिबार ९:५७ बजे

काठमाडौँ : सरकारले सातै प्रदेशमा खोप वितरण गर्दा समानता नअपनाएको पाइएको छ । जनसंख्याका आधारमा विभिन्न प्रदेशलाई खोप उपलब्ध गराएको छ । आवश्यकता र जोखिमलाई ध्यान नदिएर बढी जनसंख्या र पहुँच भएका प्रदेशलाई खोप वितरण गरेको पाइएको छ ।

दुई नम्बर प्रदेशको पूर्वदेखि पश्चिमसम्म भारतसँग सीमा जोडिएको छ । भारतमा सबैभन्दा बढी कोभिड-१९ संक्रमित र मृत्युदर पनि उच्च छ । त्यहाँका अधिकांश मानिस रोजगारका लागि भारत जाने गर्छन् ।


स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश २ मा कुल जनसंख्याको ८ प्रतिशत मानिसले मात्र कोभिडविरुद्धको खोप लगाएका छन् । हालसम्म कोभिसिल्ड र भेरोसेलको पहिलो तथा दोस्रो डोज खोप गरी कुल चार लाख ३८ हजार १६१ मानिसले खोप लगाइसकेका छन् । २०६८ को जनगणना अनुसार ५४ लाख ४ हजार १४५ जनसंख्या रहेको छ ।

कोभिसिल्डको पहिलो डोज तीन लाख २० हजार ५३२,  दोस्रो डोज ४६ हजार १५८ र भेरोसेल ६९ हजार ७८३ ले पहिलो डोज खोप र एक हजार ६८८ जनाले दोस्रो डोज लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रदेश १ मा पनि अन्य प्रदेशको तुलनमा कम मानिसले खोप लगाएका छन् । २०६८ को जनगणनाको अनुसार ४५ लाख ३४ हजार ९४३ जनसंख्या छ । कुल जनसंख्याको ९. ५ प्रतिशत मात्र जनसंख्याले खोप लगाएका छन् । जसमा चार लाख ३८ हजार १६१ जनाले खोप लगाए ।

कोभिसिल्डको तीन लाख ७ हजार १८६ ले पहिलो डोज र ५२ हजार ८२५ दोस्रो डोज खोप लगाएका छन् । त्यसैगरी भेरोसेलको पहिलो डोज ६८ हजार ९०८ र दोस्रो डोज एक हजार ६८ जनाले लगाएका छन् ।

अभाव,गरिबी र अशिक्षाले पिल्सीएको  कर्णाली प्रदेशमा कोभिडविरुद्धको खोप अन्य प्रदेशको तुलनामा कम मानिसले लगाएका छन् ।

उक्त प्रदेशका मानिसहरू रोजगारीका लागि छिमेकी मुलुक भारत जाने भएकाले बढी खोप उपलब्ध गराउनुपर्थ्यो । तर, पर्याप्त मात्रामा खोप वितरण नगरेकाले अधिकांश  मानिस खोप लगाउनबाट वञ्चित छन् ।

कर्णालीमा हालसम्म कोभिसिल्ड र भेरोसेल खोपको पहिलो र दोस्रो डोज गरी कुल एक लाख ५९ हजार १६१ जनाले खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको तथ्यांक अनुसार कर्णालीमा 'कोभिसिल्ड' एक लाख ७ हजार ३ सय २८ ले पहिलो डोज र २८ हजार ८४८ जनाले दोस्रो डोज लगाएका छन् । भेरोसेल २२ हजार ५७० पहिलो डोज र दोस्रो मात्रा

कुल जनसंख्याको १० प्रतिशत मानिसले कोभिडविरुद्धको खोप लगाएका छन् । २०६८ को जनसंख्या अनुसार १५ लाख ७० हजार ४१८ जनसंख्या छ ।

लुम्बिनी प्रदेशमा कुल जनसंख्याको १० प्रतिशत मानिसले खोप लगाएका छन् । उक्त प्रदेशमा कोभिसिल्ड र भेरोसेलको खोप चार लाख ३७ हजार ९६४ जनाले खोप लगाइसकेका छन् । २०६८ को जनगणना अनुसार ४१ लाख १४ हजार १८४ जनसंख्या छ ।  

कोभिसिल्डको पहिलो डोज दुई लाख ७८ हजार ४७६ र दोस्रो डोज ८४ हजार १२४ जनाले लगाएका छन् ।

गण्डकी प्रदेशमा कुल जनसंख्याको ११ प्रतिशत मानिसले खोप लगाइसकेका छन् । २०६८ को जनगणना अनुसार २७ लाख ३५ हजार ६६१ जनसंख्या रहेको छ । कोभिसिल्ड र भेरोसेलको खोप दुई लाख ७० हजार ३६३ जनाले खोप लगाइसकेका छन् ।

कोभिसिल्डको पहिलो डोज एक लाख ८७ हजार ९७४ जनाले र दोस्रो डोज ४९ हजार ६११ जनाले लगाइसककेका छन् । त्यसैगरी भेरोसेलको पहिलो डोज ३१ हजार ७० र दोस्रो डोज एक हजार ७०८ जनाले खोप लगाएका छन् ।

सुदुरपश्चिममा कुल जनसंख्याको ११ प्रतिशतले कोभिडविरुद्धको खोप लगाएका छन् ।  २०६८ को जनगणनाका अनुसार दुई लाख ८५ हजार ६१ ले खोप लगाएका छन् । कोभिसिल्ड र भेरोसेलको खोप दुई लाख ८५ हजार ६१ जनाले खोप लगाइसकेका छन् ।

कोभिसिल्डको पहिलो मात्रा दुई लाख ५ हजार ५०६ र दोस्रो मात्रा ३७ हजार ९०६ जनाले लगाइसकेका छन् । त्यसैगरी भेरोसेलको पहिलो खोप मात्रा ४१ हजार १२५ र दोस्रो मात्रा ५२४ जनाले मात्र लगाएका छन् ।

बागमती प्रदेशमा २०६८ को जनगणनाको ५५ लाख २९ हजार ४५२ कुल जनसंख्याको आधारमा २४ प्रतिशत मानिसले खोप लगाएका छन् । कोभिसिल्ड, भेरोसेलको पहिलो र दोस्रो गरी १३ लाख ३९ हजार ६३४ जनाले खोप लगाइसकेका छन् ।

कोभिसिल्डको पहिलो मात्रामा चार लाख २१ हजार ४८२ र दोस्रो डोज एक लाख ६० हजार १५३ जनाले लगाएका छन् । त्यसैगरी  भेरोसेलको पहिलो मात्रा चार लाख ६८ हजार ५६८ र दोस्रो डोज लगाएका दुई लाख ८९ हजार ४३१ जना छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x