स्वास्थ्य

'कोभिसिल्ड' दोस्रो डोज खोप लगाउन कुन प्रदेशमा कति बाँकी छन?

इकागज |
असार १९, २०७८ शनिबार १५:२२ बजे

काठमाडौँ : देशभर 'कोभिसिल्ड' को पहिलो डोज खोप लगाइ दोस्रो डोजको पर्खाइमा १३ लाख ६८ हजार ८५९ मानिस रहेका छन् । ‍स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिसिल्डको दोस्रो मात्रा चार लाख ५९ हजार ६२५ जनाले लगाएका छन् ।

प्रदेश १ मा दुई लाख ५४ हजार ३६१ मानिसले लगाउँन दोस्रो खोप लगाउन बाँकी रहेको छ । ५२ हजार ८२५ दुवै डोजको मात्रा पूरा गरिसकेका छन् । प्रदेश २ मा दुई लाख ७४ हजार ३७४ जनाले दोस्रो खोप लगाउन बाँकी छ । ४६ हजार १५८ जना मानिसले दुवै डोजको मात्रा पूरा गरिसकेका छन् ।


बागमती प्रदेशमा दुई लाख ६१ हजार ३२९ जना दोस्रो खोप लगाउन बाँकी छन् । एक लाख ६० हजार १५३ जना मानिसले दुवै डोजको मात्रा पूरा गरिसकेका छन् ।गण्डकी प्रदेशमा एक लाख ३८ हजार ३६३ जना मानिस दोस्रो खोप लगाउनबाट वञ्चित छन् । ४९ हजार ६११ जना मानिसले दुवै डोजको मात्रा पूरा गरिसकेका छन् ।

लुम्बिनी प्रदेशमा एक लाख ९४ हजार ३५२ जना खोपले पहिलो खोप लगाएर दोस्रो डोजको पर्खाइमा छन् । ८४ हजार १२४ जनाले दुवै डोजको मात्रा पूरा गरिसकेका छन् । कर्णाली प्रदेशमा ७८ हजार ४८० जनाले पहिलो मात्रा लगाएका छन् । जसमध्ये २८ हजार ८४८ जनाले खोप जनाले दुवै डोजको मात्रा पूरा गरिसकेका छन् ।

सुदुरपश्चिम प्रदेशमा जना ३७ हजार ९०६ ले दुवै डोजको मात्रा पूरा गरिसकेका छन् । पहिलो खोप लगाएर दोस्रो डोजको पर्खाइमा एक लाख ६७ हजार ६०० जनाको संख्या छ ।

नेपालमा हालसम्म कोभिडविरुद्धको पहिलो र दोस्रो खोप लगाउनेको कुल संख्या ३३ लाख ६२ हजार ५०१ जना छन् । जसमध्ये पहिलो मात्रा लगाउनेको संख्या २६ लाख ४ हजार ८६६ र दोस्रो मात्रा लगाउनेको संख्या ७ लाख ५७ हजार ६३५ छ ।

भारतको सिरम इन्स्च्युटबाट उत्पादित कोभिसिल्ड खोप ७५ वर्षका माथिका ज्येष्ठ नागरिकलाई लगाइएको थियो । पहिलो चरणमा भारतले अनुदानस्वरुप १० लाख खोप उपलब्ध गराएको थियो । खरिद गरी १० लाख र भारतीय सेनाले नेपालीलाई अनुदान स्वरुप एक लाख खोप दिएको थियो ।

कोभ्याक्स अन्तर्गत ३ लाख ४८ हजार खोप पनि आएको थियो । कोभ्याक्स अन्तर्गत पाउनुपर्ने नपाएकाले र भारतले खरिद गरेको खोप उपलब्ध गराउन नसक्दा करिब १४ लाख मानिस खोप कोभिसिल्डको दोस्रो डोज लगाउनबाट वञ्चित भएका छन् ।

 

 

 

 

 


Author

थप समाचार
x