स्वास्थ्य

गिरीका कारण बन्द भयो विश्‍व स्वास्थ्य संगठनको सहयोग

प्रसाईले लगाएको आरोपमा सत्यता छैन : गिरी

इकागज |
असार १९, २०७८ शनिबार २०:१५ बजे

काठमाडौँ : चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा‍.डा. श्रीकृष्ण गिरी वीर अस्पतालका रेक्टर हुँदा विद्यार्थी बनेर घुम्‍न जाँदा विश्व स्वास्थ्य संगठनबाट आउने एक करोड रुपैयाँ कटौती भएको आरोप बिएण्डसी मेडिकल कलेजका सञ्‍चालक दुर्गा प्रसाईले लगाएका छन् । गिरीकै कारण गरिब तथा जेहेन्दार विद्यार्थीले पाउने रकम कटौती भएकाले उनलाई कारबाही गर्न समेत प्रसाईले माग गरेका छन् ।

शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको आधारमा पुनः करबाहीको प्रक्रिया अगाडि बढाउन उनले माग गरे । चिकित्सा शिक्षा आयोगले जेठ २८ गते गरेको निर्णय कार्यान्वय नगराउनलाई तोकिएको समयमा प्रतिवेदन नबुझाउने गरिरहेको प्रसाईको भनाइ छ । आयोगले तोकेको समयसीमा भित्र प्रतिवेदन नबुझाउन चलाखी गरिरहेको उनले प्रस्ट पारे ।


'सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने तर २१ दिन भइसक्दासमेत प्रतिवेदन आयोग समक्ष बुझाएका छैनन्,' प्रसाईले भने,' आयोगको उपाध्यक्षले कर्तव्य र कानुन पालना गरेका छैनन् ।' 

इकागजले आयोगका उपाध्यक्ष गिरीलाई सम्पर्क गर्दा प्रसाईले लगाएको आरोपमा कुनै पनि सत्यता नभएको बताए । 

'प्रसाईको बोलीको ठेगान नै छैन, कहिले २० करोड घुस मागेको भन्छन्, कहिले के भन्छन, उनले बोलेको सबै कुराहरू कपोलकल्पित हुन्,' डा‍. गिरीले भने, 'आफू नियम पूर्वक आए हुन्छ, किन यसो र उसो भनेर हिड्नु ?' 

बिएण्डसी मेडिकल कलेज सञ्‍चालन सम्बन्धबारे मसँग २० करोड घूस मागेको विषय बाहिर ल्याएपछि डा. गिरी अत्यन्तै पूर्वाग्राही बनेको उनले बताए । यसविषयमा प्रसाईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि दर्ता गरेका थिए । 

गिरीले विदेशमा प्लस टु र मेडिकल अध्ययनका लागि विद्यार्थीहरू बाहिर पठाउने कमिशनखोर र दलालहरूसँगको साठगाँठ तथा मिलेमतोमा नेपालको मेडिकल कलेज र विश्‍वविद्यालय ध्वस्त पारिरहेको प्रसाईले आरोप लगाए । '१३७ वटा नर्सिङ कलेजहरू बन्द हुने अवस्थामा पुगिसकेका छन,'  उनी भन्छन, 'करिब ७१ हजार स्टाफ नर्स पढनेहरुको भविष्य अन्धकारतर्फ गइरहेको छ ।' बिएण्सीले मेडिकल कलेजले सम्पूर्ण मापदण्ड पूरा गरेकाले तत्कालै मेडिकल कलेज सञ्‍चालनका लागि  अनुमति दिनुपर्ने प्रसाईङको माग रहँदै आएको छ । 


Author

थप समाचार
x