स्वास्थ्य

अनामनगरमा खुल्यो सिभिल ब्रेसेस एण्ड डेन्टल केयर, यस्ता छन् विशेषता

इकागज |
मंसिर २२, २०८१ शनिबार २०:४६ बजे

काठमाडौं - काठमाडौं अनामनगरमा बांगोटिंगो दाँतको तार बाँधेर अर्थात् ब्रेसेस लगाउने र दाँतको सम्पूर्ण उपचारका लागि  सिभिल ब्रेसेस एण्ड डेन्टल केयर सञ्चालनमा आएको छ । सिभिल ब्रेसेस एण्ड डेन्टल केयरको प्रतिनिधिसभाका सांसद चन्द्र प्रसाद भण्डारीको उपस्थितिमा उद्घाटन गरिएको हो ।

  अर्थो डेन्टीस डा.सीता सापकोटा खरेलले बालबालिकादेखि वृद्धवृद्धासम्म सबैको लागि सम्पूर्ण दाँत सम्बन्धी उपचार हुने स्थानको रूपमा सिभिल ब्रेसेस एण्ड डेन्टल केयर सञ्चालनमा आएको बताइन् । दाँत सम्बन्धी समस्याको भरपर्दाो विशेषज्ञबाट उपचार हुनेछ ।  सिभिल ब्रेसेस एण्ड डेन्टल केयरबाट गुणस्तरीय सेवासँगै उद्घाटनको अवसरसँगै आउदो पुस २२ गतेसम्म ३० प्रतिशत छुट पाइने छ । 


दाँत उपचार हेर्दा सामान्य लागेपछि राम्रो स्थानमा उपचार नगर्दा समस्या आउने समस्या बढ्दै गएको अवस्थामा एमडिएस अध्ययन गरेकी डा. सापकोटाले आफै डेण्टल सञ्चालन गरेकी हुन् । सिभिल ब्रेसेस एण्ड डेन्टल केयरको अहिले २५ लाख भन्दा धेरै लगानी भएको छ भने बिस्तारै काठमाडौंका अन्य स्थानमा समेत शाखा खेल्ने डा. सापकोटाको योजना छ । 

बांगोटिंगो दाँतको तार बाँधेर अर्थात् ब्रेसेस लगाउने उपचारको लागि सिभिल ब्रेसेस एण्ड डेन्टल केयरमा उपचार हुनेछ । यस्तै दैनिक रूपमा दन्त रोग विशेषज्ञ (बिडिएस, एमडिएस) बाट दन्त परीक्षण तथा उपचार, गिजा सुन्निएको, स्वास गन्हाउने, गिजाबाट रगत आउने, तथा दन्त हर्षको समेत उपचार हुनेछ । डेन्टल केयर दाँत सफा गर्न, टल्काउनेदेखि दाँतमा सिमेन्ट भर्ने र दुखेको दाँत तलैबाट निकाल्ने जस्ता सेवा तत्काल प्राप्त गर्न सकिने सञ्चालक डा.सापकोटाले बताइन् । डा.सापकोटा ब्रेसेस उपचारका  लागि स्पेसलिस्ट समेत हुन्


Author

थप समाचार
x