औषधि विधेयकको मस्यौदा तयार गरी सदनमा पेश गर्ने तयारी
काठमाडौँ - स्वास्थ्यमन्त्री प्रदीप पौडेलले औषधि विधेयकको मस्यौदा तयार गरी सदनमा पेश गर्ने तयारी भएको जानकारी दिएका छन् ।
सिहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री पौडेलले औषधीका विषयहरूलाई कानुन रूपमा समेट्नका लागि औषधि विधेयकको मस्यौदा तयार गरी सदनमा पेश गर्ने तयारी गरिएको जानकारी दिए । उत्पादनका सन्दर्भमा स्वदेशमा १७३ प्रकारका औषधी उत्पादन गर्ने कम्पनी रहेको र उक्त कम्पनीमार्फत ५० प्रतिशत आवश्यकता पूर्ति हुने गरेको उनले बताए ।
मन्त्री पौडेलले बाँकी ५० प्रतिशत औषधीहरू आयात गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे । उनले २०७२ सालमा ९६ वटा औषधीको अधिकतम मूल्य सूची सरकारले तोकेको र त्यसबाहेकका औषधीहरुको मूल्य निर्धारण हुन नसकेको बताए । नेपालमा प्रयोग हुने सवै औषधीहरूको मूल्य निर्धारण गर्न जरुरी रहेकाले त्यसको गृहकार्य भइरहेको तथा सरकारी अस्पतालमा रहेका फार्मेसीमा औषधिको मूल्य सूची टाँस्न सरकारले निर्देशन समेत दिइसकेको उनको भनाइ छ ।
बैठकमा समिति सदस्यहरूले सबै प्रकारका औषधी सरकारी अस्पताभित्रैबाट सहज रुपमा उपलब्ध भएर बिरामीहरू ठगिने क्रम रोकिने धारणा राखेका थिए । साथै उनीहरूले औषधीहरुको मूल्य निर्धारणमा ध्यान दिन पनि सुझाव दिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया