'नेपालीको क्यान्सर उपचार नेपालमै'
काठमाडौँ- नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले ह्वाट इन्टरभेसनल प्लमोनालोजी क्यान अफर : करेन्ट प्रस्पेक्टिभ कार्यक्रम आयोजना गरेको छ ।
अस्पतालको इन्टरभेन्सनल एण्ड मेडिकल पल्मोनोलोजी विभागले आयोजना गरेको कार्यक्रममा विभागले हालसालै नेपालमा प्रथम पटक सफलतापुर्वक सम्पन्न गरेको क्रायोसर्जरी उपचारका बारेमा प्रकाश पार्दै नवजात अवस्थामा रहेको इन्टरभेन्सनल पल्मोनोलोजी विधाले दिनसक्ने सेवाका बारेमा जानकारी गराएको छ ।
कार्यक्रममा मन्तव्य दिँदै अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले इन्टरभेन्सनल पल्मोनोलोजीको अभ्यासले हरेक स्टेजका क्यान्सरका बिरामीलाई राहत मिल्ने र यसको अभ्यासलाई अझ परिष्कृत गर्दै लैजाने नेपाल क्यान्सर हस्पिटलको प्रतिवद्धता रहेको बताए ।
उनले नेपाल क्यान्सर हस्पिटलले नवीन उपकरण र प्रतिभाको विकास गर्दै विश्वस्तरीय सेवा नेपालमै दिँदै 'नेपालीको क्यान्सर उपचार नेपालमै' भन्ने अस्पतालको सिद्धान्त आत्मसात गरेको जानकारी गराए ।
कार्यक्रममा अस्पतालका इन्टरभेन्सनल पल्मोनोलोजिस्ट डा. विश्वाश शर्माले कुनै ठूलो घाउ नपारिकन दुरबिनका माध्यमबाट गरिने इन्टरभेन्सनल पल्मोनोलोजीका प्रक्रियाहरुले बिरामीहरुको स्वासनली एवं स्वासप्रश्वास प्रणालीका अन्य मिहिन भागहरुमा भएका गिर्खा, ट्युमर, तथा अन्य अवरोधहरुलाई हटाउने कार्य गरी तत्काल राहत दिनसक्ने कुरामा प्रकाश पारे । यस्ता ट्युमर तथा अन्य अवरोध हटाई बिरामीको जीवनको गुणस्तरमा समेत धेरै सुधार आएका हालसालैका केहि केसहरु प्रस्तुत गरे ।
यी प्रोसिजरहरुमा प्रयोग भएका उपकरणहरुका बारेमा प्रकाश पर्दै आर बि मर्चेन्ट (ERBE, Micro Tech Endoscopy) का तर्फबाट सुमन लोहलाले क्रायोसर्जरी (ErbeCryo2 ) मेशिनका बारेमा जानकारी दिए । स्वासनली एवं स्वासप्रश्वास प्रणालीका अवरोध हटाउन यस मेशिनले द्रुतरुपमा लक्षित तन्तुहरूलाई चिस्याउने कार्य गरि हानिकारक एवं क्यान्सरजन्य तन्तुहरुलाई मार्ने काम गर्ने उनले बताए ।
उनले अत्यन्त चिसो भएकाले ती मरेका तन्तुहरु क्रायोसर्जरी उपकरण को टुप्पोमै टाँसिने भएकाले निकाल्न सजिलो हुने बताए । यसका साथै माइक्रो टेक का इन्डोस्कोपी एवं ब्रोड्कोस्कोपी का कन्जुमेबल्सका बारेमा बोल्दै उपमा बस्नेतले क्रायोसर्जरी एवं अन्य इन्टरभेन्सनल प्रक्रियाहरु पछि ट्राकियल स्टेन्ट (Tracheal Stent) जस्ता उपकरणले बिरामीको जीवनको गुणस्तर कायम राख्न ठूलो भूमिका खेल्ने बताए । कार्यक्रममा अम्बु इन्डियाका तर्फबाट सुनिल सिंहले अम्बु कम्पनीका पोर्टेबल ब्रोड्को स्कोपले ब्रोड्को स्कोपीमा सामान्य जनताको पहुँच बढाएको कुरा बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया