स्वास्थ्य

रूम हिटरको सही प्रयोग नगरे लिन सक्छ ज्यान, उपाय जान्नुहोस्

इकागज |
पुस १, २०८१ सोमबार १०:२२ बजे

रुम हिटरको सही प्रयोग गरिएन भने यसले तपाईको ज्यान समेत लिन सक्छ । रुम हिटरको प्रयोगका कारण आजकाल धेरैको ज्यान जाने गरेको घटना सार्वजनिक भइरहेकाले हामीले यो भनिरहेका छौं ।

बारम्बार हामीले सुनिरहेका हुन्छाै‌ कि हिटर बालेर सुतेकाे मान्छे बिहान शवकाे रूपमा भेटिएकाे छ । धेरै मानिसहरूलाइ उनको घरको सुत्ने कोठामा फेला पारिएकाे छ । खासमा हिटर चलाएकाे काेठामा सुतेकाे मान्छे मृत्यु हुनुकाे मुख्य  कारण हिटरबाट निस्किएको कार्बन मोनोअक्साइड ग्याँस हाे, जाे मान्छेकाे ज्यान पनि लिन्छ र लिइरहेकाे हुन्छ ।


जाडोमा, मानिसहरू प्रायः आफ्नो बेडरूममा हिटर वा ब्लोअर लगाएर सुत्छन्। रुम हिटरले केही मिनेट मै कोठा तताउँछ तर यसले स्वास्थ्यमा धेरै साइड इफेक्ट पनि गर्छ । लामो समयसम्म लगातार प्रयोग गर्दा धेरै अवस्थामा यसले ज्यानसमेत लिन सक्छ।

त्यसैले यसको प्रयोगमा सावधानी अपनाउनुपर्छ । त्यसोभए हामी भन्ने छाैं यदि तपाईले रुम हिटर प्रयोग गर्नुहुन्छ भने कम्तिमा तपाईले तलका कुराहरू ध्यान दिनुपर्ने  हुन्छः

– रुम हिटर प्रयोग गर्नुअघि राम्ररी सफा गर्नुहोस्। यसो गर्दा यसमा जमेको धुलो हट्छ र हिटर प्रयोग गर्दा गन्ध पनि आउँदैन।

- बन्द कोठामा लामो समयसम्म रुम हिटर वा ब्लोअरहरू चलाउन नदिनुहोस्। हिटर चलाउँदा कार्बन मोनोअक्साइड ग्याँस निस्कन्छ, जुन गन्धविहीन विषाक्त ग्याँस हो। कोठा बन्द भएमा अक्सिजनको कमी हुन्छ । यस्तो अवस्थामा लामो समयसम्म हिटर चलाउँदा निसास्सिन सक्छ ।

– दिन होस् वा रात, हिटर बालेर सुत्नु हुँदैन । सुत्नु अघि हिटर बन्द गर्नुहोस् र बच्चाहरूबाट टाढा ठाउँमा राख्नुहोस्।

– हिटर चलाउँदा कोठाको झ्याल पूर्ण रूपमा बन्द नहोस् भन्ने कुरामा ध्यान दिनुहोस् । कोठामा ताजा हावा भेन्टिलेसनको लागि ठाउँ बनाउनु होस्। तपाईंले हीटर चलाउँदा झ्यालहरू थोरै खुला छोड्न सक्नुहुन्छ।

-  हिटरको वरिपरि प्लाष्टिकको झोला, कागज वा त्यस्ता ज्वलनशील वस्तु नराख्नुहोस्। यस्ता कारणले चोटपटक लाग्ने खतरा हुन्छ ।

- तपाईको घरमा दम वा श्वासप्रश्वासका बिरामी छन् भने कोठामा हिटर चलाउनबाट जोगिनुहोस्। दमका बिरामीहरूलाई हिटरको समस्या हुन सक्छ।


Author

थप समाचार
x