स्वास्थ्य

वीपीमा दलीयकरण बन्द गर्न माग गर्दै माइतीघरमा निरन्तर प्रदर्शन

इकागज |
असार २२, २०७८ मंगलबार ९:७ बजे

काठमाडौँ : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दलीयकरण बन्द गर्न माग गर्दै काठमाडौँको माइतीघरमा निरन्तर प्रदर्शन भइरहेको छ । प्रतिष्ठानमा सुधारको माग राखेर भइरहेको आन्दोलनको २२ दिन बितिसक्दा यसलाई माग सम्बोधन नभएपछि उनीहरुले निरन्तर माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

‘वीपी प्रतिष्ठानलाई फुटबल नबनाऔँ, दलीयकरण बन्द गरौँ’ भन्ने नाराका साथ चलिरहेको ऐक्यबद्धता कार्यक्रमलाई सहयोग गरिदिनुहुन विद्यार्थी एवम् पूर्व विद्यार्थी संघ संगठनले आग्रह गरेका छन् । 


 


Author

थप समाचार
x