वीपी शुद्धिकरण अभियान संयुक्त संघर्ष समितिले भन्यो
'स्वास्थ्य संस्थामा पदाधिकारी नियुक्त गर्दा मापदण्ड सार्वजनिक गर्नू'
'चारै पदाधिकारीले तत्कालै राजीनामा दिनू'
काठमाडौँ : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान शुद्धिकरण अभियान संयुक्त संघर्ष समितिले सरकारले स्वास्थ्य संस्था एवम शैक्षिक संस्थाहरूमा पदाधिकारीहरूको नियुक्ति मापदण्ड सार्वजनिक गर्न माग गरेको छ । पदाधिकारी कुन मापदण्डबाट र के-के प्रतिज्ञा गरी छनौट गरिएको हो सम्पूर्ण विवरण सार्वजनिक गर्न समितिले माग गरेको हो । पदाधिकारीले प्रतिज्ञा गरेको काम पूरा भए/नभएको छ-छ महिनामा अवलोकन हुनुपर्ने समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिष्ठानमा २२ दिनदेखि आन्दोलतर संघर्ष समितिले सरकारले वार्ता समिति गठन नगरेकोमा दुखः र गैरजिम्मेवारपूर्ण व्यवहार गरेको जनाएको छ । सोमबार आन्दोलनरत पक्ष र स्वास्थ्य मन्त्रालयका पदाधिकारीसँग वार्ता भएको थियो । संघर्ष समितिको कुरा सुन्ने र बुझ्ने प्रयासलाई सकरात्मक कदमको रुपमा लिएको बताएका छन् ।
'प्रतिष्ठानमा वर्षौदेखिको अनियमितता, भ्रष्टाचार, अपारदर्शिता, जवाफदेहिता शुन्य आदिले गर्दा प्रतिष्ठान प्रणालीगत असफलतामा गइसकेको छ,' प्रेश विज्ञप्तिमा भनिएको छ,' तत्कालै समस्याको समाधान नगरेमा अकल्पनीय दूर्घटना हुने निश्चित छ । दीर्घकालीन समाधानका लागि प्रधानमन्त्री एवम् कुलपतिको अग्रसरतामा अधिकार सम्पन्न उच्चस्तरीय वार्ता टोली अविलम्ब गठन गरिनुपर्ने छ ।'
प्रतिष्ठानका चारै पदाधिकारीले राजीनामा दिनुपर्ने समेत बताइएको छ । गत १५ गते प्रतिष्ठानले हामीलाई वार्तामा बोलाएर कार्यालय समयमा स्वयम हामी चिकित्सक तथा स्वास्थ्यकर्मी उपस्थितसहितको वार्तामा उपकुलपतिले मादक पदार्थ सेवन गरेको र उक्त घटनाको आज सम्म छानबिन नहुनु दूर्भाग्यपूर्ण छ,' विज्ञप्तिमा लेखिएको छ,' सिर्जित गम्भीर विषयलाई तत्काल सम्बन्धित निकायले छानबिन गर्ने र कामकारबाहीको प्रक्रिया अगाडि बढाउने ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया