समाज डेन्टल अस्पताल र स्काउट संस्थाहरूको पहलमा निःशुल्क दन्त शिविर सम्पन्न, ५ सय बढीले लिए सुविधा
काठमाडौँ- समाज डेन्टल अस्पताल पेप्सिकोलाको प्राविधिक सहयोगमा नेसनल ओपन स्काउट क्र्यू र महाकवि देवकोटा स्काउट ट्रुपद्वारा आयोजित नि:शुल्क दन्त शिविर सम्पन्न भएको छ।
यो शिविरले विद्यालयमा अध्ययनरत विद्यार्थीहरू केही मात्रामा अभिभावक तथा शिक्षक / शिक्षिकाहरूको दन्त स्वास्थ्य परीक्षण र परामर्श प्रदान गर्दै स्वास्थ्यप्रतिको सचेतना जगाउन महत्वपूर्ण योगदान पुर्याएको छ । शिविरमा सहभागी भएका व्यक्तिहरूले दन्त स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण जानकारीका साथै आवश्यक उपचारको सल्लाह पाएको आयोजकले जनाएको छ । उक्त शिविरमा ५३९ जनाले सहभागीता जनाएको कार्यक्रमका संयोजक विदुर गिरिले जानकारी दिए ।
शिविरको आयोजना गर्दा समाज डेन्टल अस्पताल पेप्सिकोला शाखाले प्राविधिक सहयोग प्रदान गरेको थियो भने, विभिन्न क्षेत्रबाट आएका स्वयमसेवकहरूले आफ्नो सेवा उपलब्ध गराएका थिए । यस प्रकारको सामूहिक प्रयासले दन्त स्वास्थ्यप्रति स्कुलका विद्यार्थी एवम् अभिभावकहरु लाई जागरुक बनाउने उद्देश्यलाई बल दिएको कार्यक्रमका संयोजक गिरिले जानकारी दिए ।
अन्तमा महाकवि देवकोटा मेमोरियल स्कुलका अध्यक्ष लीलानाथ रेग्मिले कार्यक्रममा सहभागी समाज डेन्टल अस्पातल पेप्सिकोला शाखाकी इन्चार्ज एलिना दाहाल लगायत सबैलाई धन्यवाद ज्ञापन गर्दै, यो अभियानलाई सफल बनाउन सहयोग गर्ने समाज डेन्टल अस्पताल र सम्पूर्ण स्वयमसेवकहरूको अमूल्य योगदानको प्रशंसा गरेका छन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया