स्वास्थ्य

संक्रमण स्थिर, मृत्युदर घट्दो : मंगलबार २६३४ संक्रमित थपिँदा १५ को मृत्यु

इकागज |
असार २२, २०७८ मंगलबार १८:१२ बजे

काठमाडौँ : देशभर मंगलबार २६३४ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । ७५०३ जनाको पीसीआर परीक्षण गर्दा १७१८ र  ५०८२ एन्टीजेन्टको परीक्षण गर्दा ९१६ जना कोभिड देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार २६२२ जनामा संक्रमण देखिएको थियो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १५ को मृत्यु भएको छ । हालसम्म ९२६३ को मृत्यु भइसकेको छ । १५६५ संक्रमणमुक्त भएका र देशभर हालसम्म ६ लाख १२ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् ।


काठमाडौँ उपत्यकामा ४९९ संक्रमण थपिएका छन् ।काठमाडौँमा ३६५, ललितपुरमा १०५ र भक्तपुरमा २९ जना संक्रमित थपिएको मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ ।


Author

थप समाचार
x