स्वास्थ्य टिप्स
जाडोमा जोर्नी दुख्छ ?
हाम्रो शरीरको जोर्नीलाई लिगामेन्ट (हड्डी जोड्ने तन्तु), क्याप्सुल र मसल्सले तह-तहमा कभर गरेको हुन्छ । मसल्स तन्किने र खुम्चिने गरिरहेको हुन्छ । गर्मीमा मसल्स फुक्छ । जाडोमा खुम्चिन्छ । चिसोमा जोर्नीहरू जाम हुने भएकाले लिगामेन्ट, क्याप्सुल र मसल्सहरू खुम्चिन्छ । त्यसैले, जाडोमा जोर्नीहरू चलाइरहनुपर्छ । जाम हुन दिनुहुँदैन ।
उमेरको कारणले हड्डी खिएर पनि जोर्नी दुख्ने हुन्छ । पहिल्यै चोट लागेर निको भइसकेको ठाउँमा पनि धेरैलाई दुखाइ महसुस हुन्छ । पहिला दुर्घटनामा परेको तर, अहिले दुख्न थाल्यो भन्दै आउनेहरू पनि छन् । चोट लागेको ठाउँमा घाउ निको भएपछि खाटा वा दाग बस्छ । दाग भएको ठाउँमा मसल्स खुम्चिने र तन्किने गर्दा दुखाइ महसुस हुन्छ ।
जाडोमा दुखाइ महसुस भयो भन्दैमा हातगोडा चलाउन वा व्यायम गर्न छाड्नुहुँदैन । जाडोमा जोर्नी दुख्यो भनेर कक्रिएर बन्दा झनै दुख्छ । घरभित्रै भएपनि हिँडडुल गरिरहनुपर्छ । कोहीले भने जाँच्दै नजाचि ‘मलाई युरिक एसिड छ, गेडागुडी खानु हुँदैन’ भनेर प्रोटिन नै नपुग्ने गरेर खाइरहेका हुन्छन् । शरीरलाई चाहिने कानेकुरा पर्याप्त नखादा पनि समस्या हुन्छ । कहिलेकाहीँ गेडागुडी वा धेरै प्रोटिन भएका खानेकुराहरू खाँदा पनि युरिक एसिडको मात्रा बढी भएर जोर्नी दुख्छ ।
समाधान के ?
- हाडजोर्नीको दुखाइ कम गर्न शारीरिक व्यायम गर्नुपर्छ ।
- एकै ठाउँमा एउटै पोजिसनमा लामो समयसम्म चुप लागेर बस्नु हुँदैन ।
- हिँडडुल गरिरहनुपर्छ ।
- आफूलाई दुखाइ अनुभव हुने अंगहरूलाई चिसोबाट जोगाउन न्यानो कपडा लगाउने ।
- युरिक एसिडको कारणले दुखाइ भएको छ भने प्रोटिन धेरै भएका डाइट कम गर्नुपर्छ ।
- दुखेको ठाउँमा ‘हट वाटर ब्याग’ले सेक्न सकिन्छ । धेरै तातो बनाएर भने सेक्नु हुँदैन । कहिलेकाहीँ धेरै ताताले गर्दा छाला रातो बनाएर पनि आएका हुन्छन् ।
- तातो सुप, दुधका प्रडक्ट, माछा र मासुहरु सबै मिलाएर खानुपर्छ । क्याल्सियम र भिटामिन ‘डी’ को मात्रा पुर्याएर खानुपर्छ ।
यति गर्दा पनि कम भएन भने अरु कुरै कारणले इन्फेक्सन भएको हुन सक्छ । यस्तो बेलामा डाक्टरसँग सल्लाह लिनुपर्छ । सुन्निएको छ, रातो भएको छ, छुँदा दुखेको भागमा तातो भएको वा ज्वरो आएको छ भने इफेक्सन हुन सक्छ । (कुराकानीमा आधारित)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया