स्वास्थ्य

इजरायलबाट नेपाल आइपुग्‍यो स्वास्थ्य सामग्री

इकागज |
असार २४, २०७८ बिहीबार १६:५२ बजे

काठमाडौँ : इजरायलबाट कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि ५८ थान भेन्टिलेटरसहित २० करोड रुपैयाँको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । नेपाल वायुसेवाको २३५३ ‘चार्टड फ्लाइट’मार्फत ती सामग्रीसहित आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको छ ।

विमानस्थलमा परराष्ट्र र स्वास्थ्य मन्त्रालयका पदाधिकारी तथा नेपालका लागि इजरायली राजदूत हनान गोडेरसहितको टोली पुगेको र सामग्री हस्तान्तरण भएको छ । नेपाल इजरायल सम्बन्ध स्थापनापछि नेपालको ध्वजावाहक विमान इजरायलको विमानस्थलमा पहिलोपटक अवतरण भएको हो ।


'नेपाल आएका ती स्वास्थ्य सामग्री इजरायल सरकार, त्यहाँका स्वास्थ्य संस्था, व्यावसायिक क्षेत्र, इजरायली, नेपाली दूतावास परिवार र इजरायलमा रहेका नेपालीबाट सहयोगस्वरुप प्राप्त भएको नेपाली राजदूत डा. अञ्जान शाक्यले जानकारी दिइन् ।  

करिब २० करोड रुपैंया जति अनुमानित मूल्य पर्ने उक्त स्वास्थ्य सामग्रीको तौल करिब १८ टन रहेको राजदुत शाक्यले बताइन् । उनका अनुसार सामग्रीहरूमा ५८ थान भेन्टिलेटर, १ सय २० थान अक्सिजन कन्सन्ट्रेटर, आइसीयूसँग सम्बन्धित उपकरण, औषधि, पीपीई, थर्मल गनलगायतका कोभिडको उपचारसँग सम्बन्धित छन् ।
 


Author

थप समाचार
x