स्वास्थ्य

बिहीबार देशभर १८७५ कोभिड संक्रमित थपिए, २९ को मृत्यु

इकागज |
असार २४, २०७८ बिहीबार १७:३१ बजे

काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर १८७५ जनालाई कोभिड संक्रमण देखिएको छ । ५३७४ पीसिआर १२१८ र ५१३० जनाको एन्टिजेन परीक्षण गर्दा ६५७ जनालाई कोभिड देखिएको स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ  ।

बिहीबार २९ जना संक्रमितको मृत्यु भएको र हालसम्म देशभर कोभिडका कारण मृत्यु हुनेको संख्या ९३२० पुगेको छ । त्यसैगरी देशभर १२८६ जना संक्रमणमुक्त भएका छन् ।


काठमाडौँ उपत्यकामा मात्रै थप ४२७ जनालाई कोभिड संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा २८७, भक्तपुरमा ५८ र ललितपुरमा ८२ रहेका छन् ।

देशभरका विभिन्न अस्पतालमा आइसीयूमा ५७२ र भेन्टिलेटरमा १५७ उपचाररत छन् । संस्थागत आइसोलेनमा २७५५ रहेका छन् । होम आइसोलेनमा २३ हजार ६९२ छन् ।


Author

थप समाचार
x