स्वास्थ्य

मौलाकालिका अस्पतालको सेवा नयाँ भवनबाट

इकागज |
माघ २०, २०८१ आइतबार १३:४१ बजे

चितवन- यहाँको मौलाकालिका अस्पतालले अस्पतालले नवनिर्मित भवनमा सेवा सुरु गरेका अवसरमा बहिरङ सेवा (ओपिडी) निःशुल्क र अन्य सेवामा ५० प्रतिशत छुटको घोषणा गरेको छ । भरतपुर महानगरपालिका–१० विमानस्थल नजिक रहेको अस्पतालले सोमबारदेखि आफ्नै नयाँ भवनबाट सेवा दिन लागेको हो ।

भरतपुर महानगरपालिका–११ बाइपास रोडमा रु ३५ करोडको लागमा निर्माण गरिएको छ तले सुविधासम्पन्न अत्याधुनिक भवनबाट सेवा सुरु गर्न लागेको अस्पतालका अध्यक्ष डा माणिकलाल मानन्धरले जानकारी दिए ।


आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालनका लागि अस्पताललाई एक सय शय्यासहित आफ्नै भवन अनिवार्य हुनुपर्ने भएकाले नयाँ भवन निर्माण गरेको बताए । अस्पतालका प्रबन्ध निर्देशक डा केशवराज भुर्तेलले नयाँ भवनबाट आकस्मिक सेवासहितका सबै खालका सेवा दिन लागिएको बताए । सरकारले हरेक अस्पतालमा विपन्‍नका लागि दिने १० प्रतिशत निःशुल्क सेवालाई यस अस्पतालले पनि दिँदै आएको उनले बताए । निःशुल्क सेवा भए पनि १० प्रतिशत पुर्‍याउन नसकिएको उनको भनाइ छ ।


Author

थप समाचार
x