चिकित्साशास्त्रको उत्पत्ति नेपालमा भएको हो : प्रधानमन्त्री ओली
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकलवार्ड भवनको उद्घाटन गर्दै चिकित्साशास्त्रको उत्पत्ति भएको दाबी गरेका छन् । उनले नेपाली भूमि ज्ञानको उत्पत्तिस्थल भएकाले चिकित्सा शास्त्र, शल्यक्रिया जस्ता विषयको ज्ञान यही प्रादुर्भाव भएको पनि बताए ।
‘हाम्रा पुर्वज अन्धविश्वासी थिएनन् अनुसन्धान गरेको आधारमा विभिन्न जडिबुटिका औषधीय गुणका साथै दुई हजार वर्षअघि श्रूसुत संहिता चरक संहिता निस्किसकेका थिए,' उनले भने, ‘यस्तो शिक्षालाई शाशकले अघि नबढाएका कारण शिक्षा निषेध हुन थालेपछि त्यो ज्ञानको प्रसार हुन पाएन परिवारमा सिमित भयो ।’
अब नेपालको चिकित्सा शिक्षा बलियो र भरपर्दो भएको बताउँदै आफ्नै अनुभवमा विदेशको तुलनामा भन्दा नेपालको उपचार धेरै सजिलो महशुस गरेको समेत प्रधानमन्त्रीले बताए ।
नेपाललाई चिकित्सा शिक्षाको अन्तर्राष्ट्रिय केन्द्र बनाउन सकिने बताउँदै दुवाकोटमा समेत वीर अस्पतालको विस्तारले पनि थप ऊर्जा दिने उनले बताए । नेपालमा जति सस्तो उपचार सेवा अन्यत्र नभएको समेत प्रधानमन्त्रीले उल्लेख गरे ।
अस्पतालका स्वास्थ्यकर्मी तथा व्यवस्थापनले कसरी बिरामीसँग व्यवहार गर्ने भन्ने सम्बन्धमा सचेत हुनेपर्ने बताउँदै प्रधानमन्त्रीले विरामीको आधा रोग मनोबल कसरी बढाउँदा नै निको पार्न सकिने कुुरालाई चरितार्थ गरिनुपर्ने बताए ।
सरकारले निरोगी नेपालको मुख्य अवधारणा लिनुका साथै रोग लागि हालेमा प्रभावकारी र सफल चिकित्सा पद्धतिमार्फत उपचार सेवा जनतासमक्ष लैजाने भनाई पनि उनको थियो । यस्तो उपचार जनताको जनताको क्रय शक्ति भित्रकै रहोस् र खर्चिलो उपचार सेवासमेत बिमाले समेट्दै जाने बनोस् भन्ने पक्षमा सरकार रहेको पनि उनले बताए ।
अस्पताललाई अविलम्ब पूर्ण क्षमतामा लैजाने र त्यसक्रममा नचाहिएको सामान किनेर निस्कृय बनाउने काम गर्नुनहुने भनाई पनि प्रधानमन्त्रीको थियो । अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जागेश्वर गौतमले २०७४ साल फागुन २५ गते शिलान्यास भएको सर्जिकल भवन समय भन्दा अगाडी नै निर्माण सम्पन्न हुनु खुसीको विषय भएको बताए । सर्जिकल भवनको निर्माणबाट वीर अस्पतालमा थप ५०० शैया थपिएको जानकारी दिए । अब नयाँ भवनमा कोभिड र पुरानो भवनमा गैर कोभिडको उपचार गर्न सहज भएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया