स्वास्थ्य

कोभिड संक्रमण : देशभर ७२८ जना संक्रमित गम्भीर

इकागज |
असार २७, २०७८ आइतबार १९:४ बजे

काठमाडौँ : आइतबारसम्म देशभर ७२८ जना गम्भीर किसिमका कोभिड संक्रमित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आज ५५३ आइसीयूमा तथा १७५ जना भेन्टिलेटरमा छन् ।

आज संस्थागत आइसोलेसनमा २७०२ छन् । होम आइसोलेसनमा २३ हजार ४७१ छन् । मन्त्रालयका अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी ३२३ आइसीयूमा र ९६ जना भेन्टिलेटरमा छन् ।

त्यस्तै प्रदेश १ मा १११ आइसीयू ५५ जना भेन्टिलेटरमा छन् । गण्डकीमा आइसीयूमा ५३ भेन्टिलेटरमा ११ जना छन् । लुम्बिनीमा ४६ आइसीयूमा ८ जना भेन्टिलेटरमा छन् । कर्णालीमा ११ आइसीयू २ भेन्टिलेटरमा छन् । सुदुपश्चिममा ५ आइसीयू २ भेन्टिलेटर‍मा छन् । प्रदेश २ मा ४ आइसीयूमा र १ भेन्टिलेटरमा छन् ।  



Author

थप समाचार
x