जोनसन एण्ड जोनसन र भेरोसेल खोप भोलिदेखि लगाइने
काठमाडौँ : जोन्सन एण्ड जोन्सनको 'जान्सिन' खोप ५० देखि ५४ वर्ष उमेर समूहका मानिसले लगाउन पाउने भएका छन् । मंगलबारदेखि खोप लगाउनका लागि सरकारले मिति सार्वजनिक गरेको छ ।
स्वास्थ्य सेवा विभागका अनुसार पूर्ण र अति अशक्त अपाङ्गता ( वर्ग क र ख) भएका नागरिकहरू र नेपालमा बसोबास गरिरहेका शरणार्थीहरूलाई लगाइने स्वास्थ्य सेवा विभागले जनाएको छ । त्यसैगरी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सफाइकर्मीहरूलाई खोप अभियानमा छुटेकालाई लगाइने विभागले जनाएको छ ।
विभागका अनुसार भेरोसेल खोप ५५ वर्षदेखि माथिका उमेर समूहका मानिसलाई लगाइने भएको हो । विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका कार्यरत चालक र सहचालकहरू, खोप अनिवार्य गरेको देशले वैदेशिक रोजगारमा जानेलाई पनि लगाइने भएको हो ।
खोप दिने र लिने आधार :
उमेर समूहको हकमा :
- उमेर बुझिने आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाण पत्र साथमा लानुपर्नेछ ।
- शैक्षिक प्रमाण पत्र र सो नभएमा पालिका, वडाबाट जारी उमेर प्रमाणित कागजात हुनुपर्ने ।
- सार्वजनिक यातायातका चालक साचालकारको हकमा आधिकारिक परिचय पत्र, र सवारी साधन नम्बर सहित व्यवसायी संघबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारी बाट प्रमाणित सूचीको आधारमा ।
- अत्यावश्यक सेवा प्रवाह प्रमुख जिल्ला अधिकारीले तोकेका सेवाहरूमा संलग्न व्यक्तिहरुको हकमा आधिकारिक परिचय पत्रको आधारमा ।
- विश्वविद्यालय र विध्यालयका शिक्षक एवं कर्मचारीहरूको हकमा सम्बन्धित संस्थाको आधिकारिक परिचय पत्रको आधारमा ।
- खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुको हकमा पासपोर्ट र भिसाको आधारमा
- पूर्ण र अति अशक्त अपाता वर्ग (क र ख)भएका नागरिकहरुको हकमा नेपाल सरकारले जारी गरेको प्रमाणपत्रको आधारमा
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया