स्वास्थ्य

थप २३९६ मा कोभिड संक्रमण, १२ को मृत्यु

इकागज |
असार २९, २०७८ मंगलबार १६:१८ बजे

काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर थप २३९८ जनालाई कोभिड–१९ संक्रमण देखिएको छ । ७ हजार ५८ पीसिआर परीक्षण गर्दा १६३९ तथा ३९५४ एन्टिजेन परीक्षण गर्दा ७५९ जनालाई कोभिड संक्रमण भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १२ संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोभिडले मृत्यु हुनेको संख्या नौ हजार ४१२ पुगेको छ । त्यस्तै आज २०७८ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।  संस्थागत आइसोलेसनमा २७६५ छन् ।  ५४९ आइसियुमा छन् । भेन्टिलेटरमा १६३ छन् ।



Author

थप समाचार
x