वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखा परेका समस्या वार्ता मार्फत तत्काल समाधान गर्न विज्ञको आग्रह
फाइल तस्बिर
काठमाडौँ : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखा परेका समस्या तत्काल आवश्यक वार्ता गरेर समस्या समाधान गर्न विज्ञले आग्रह गरेका छन् । विज्ञहरूले संयुक्त विज्ञप्ति निकाल्दै प्रतिष्ठानमा देखा परेका समस्या तथा ‘वीपी प्रतिष्ठान शुद्धिकरण अभियान’ अन्तर्गत विद्यार्थी, चिकित्सकले सरकारसँग राखेको माग प्रति गम्भिर ध्यानाकर्षण गराएका छन् ।
'प्रतिष्ठान आर्थिक रूपमा जर्जर अवस्थामा पुगेको, स्वास्थ्य सेवा शिक्षाको स्तर दिनानुदिन खस्किँदै गएको र व्यवस्थापकीय अन्योलता तथा असफलताको शिकार बन्न पुगेको यर्थाथले हामीलाई चिन्तित तुल्याएको छ,' जारी विज्ञप्तिमा भनिएको छ, 'प्रतिष्ठानमा आँच आउने खालका पदाधिकारीको व्यवहार र नियुक्तमा समिक्षा गर्नु जरुरि देखिन्छ ।’
त्यस्तै, विज्ञहरूले बुझाइसकेको मापदण्डमा आधारित आर्थिक लेनदेनको गन्ध नरहने गरी प्राज्ञिक नियुक्ति गर्ने सार्वजनिक प्रतिबद्धताले स्वास्थ्य र शिक्षा क्षेत्रमा परिवर्तन आउने ढोका खोल्न सक्ने उनीहरूको ठहर छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया