स्वास्थ्य

प्रधानमन्त्री देउवालाई ‘वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरण’ अभियानको ४८ घण्टे अल्टिमेटम

इकागज |
असार ३०, २०७८ बुधबार १३:५१ बजे

फाइल तस्‍बिर

काठमाडौँ : ‘वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरण’ अभियान अन्तर्गत  आन्दोलनरत प्रतिष्ठानका चिकित्सक विद्यार्थीलगायत कर्मचारीले आफ्‍ना मागहरू ४८ घण्टाभित्र पुरा नभए आकस्मिक सेवा बन्द गर्ने चेतावनी दिएका छन् । संयुक्त संघर्ष समितिले बुधबार नवनियुक्‍त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ दिँदै ४८ घण्टाभित्र माग पुरा नभए साउन १ गते शुक्रबारदेखि हरेक दिन २ घण्टा प्रतिष्ठानको आकस्मिक सेवा, कोभिड उपचार जस्ता सेवा रोक्ने चेतावनी दिएको हो  । 

'यदि यस कदमलाई नजरअन्दाज गरिए निकट भविष्यमै आकस्मिक सेवा बाहेक अन्य सेवालाई पूर्णरूपले ठप्प गरिनेछ,' बुधबार जारी विज्ञप्तिमा भनिएको छ, 'यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी स्वयं कुलपति तथा प्रधानमन्त्री हुनेछन् ।' 


आन्दोलनरत प्रदर्शनकारीहरूले प्रतिष्ठानका पदाधिकारीले तत्काल राजीनामा दिनुपर्ने,  प्रधानमन्त्री तहबाटै वार्ता गठन कमिटी गठन गर्नुपर्ने  माग राख्दै  नवनियुक्त प्रधानमन्त्री देउवालाई कुलपतिको हैसियतले हस्तक्षेपकारी भुमिका खेल्न समेत आग्रह गरेका छन् । 

विगत ३० दिनदेखि प्रतिष्ठानमा भष्ट्राचार भएको तथा पधादीकारीले आफ्नो भूमिका निर्वाह नगरेको, शिक्षा र स्वास्थ्यमा चरम दलीय स्वार्थ अभिप्रेरित भएको भन्दै आन्दोलन भइरहेको छ ।


Author

थप समाचार
x