भेरोसेलको मौज्दात सकिएपछि काठमाडौँमा खोप कार्यक्रम स्थगित
काठमाडौँ : स्वास्थ्य कार्यालय काठमाडौँमा रहेको भेरोसेल खोपको मौज्दात सकिएपछि खोप कार्यक्रम स्थगित भएको छ । काठमाडौँ स्वास्थ्य कार्यालयमा रहेको खोप सकिएकाले असार २९ गतेदेखि साउन २ गतेसम्म चल्ने भनिएको अभियान स्थगित गर्नुपरेको कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए । अर्को सूचना जारी नभएसम्म २ गतेको खोप कार्यक्रम स्थगित गरिएको उनले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया