कोभिड-१९ अपडेट
नेपालमा थप २ हजार ९३६ मा कोभिड-१९ संक्रमण, ४३ जनाको मृत्यु
काठमाडौँ- नेपालमा शुक्रबार थप २ हजार ९ सय ३६ जनामा कोभिड-१९ पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ६ सय १३ पीसीआर परीक्षणका क्रममा २ हजार ६ र ४ हजार ५ सय ६९ एन्टीजेन परिक्षणका क्रममा ९३० जनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
योसँगै नेपालका कोभिड संक्रमितको संख्या ७ लाख १२ हजार ३७३ पुगेको छ । त्यस्तै कोभिडका कारण थप ४३ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा ९ हजार ५ सय ६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ७ सय ७५ जना संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा ६ लाख २८ हजार २४३ संक्रमित निको भएका छन् ।
हाल नेपालमा २६ हजार ८२७ सक्रिय संक्रमित आइशोलेशन र ३२१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३४ लाख ५६ हजार १९९ वटा पीसीआर र २ लाख ५६ हजार ६२३ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया