खोप लगाएको प्रमाणपत्र लिन ठेलमठेल
काठमाडौँ - शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिन आउनेहरूको भीड लागेको छ ।
विदेश जाने युवाहरूलाई सम्बन्धित देशले कोभिड–१९ विरुद्ध खोप लगाएको प्रमाणपत्र लिने भएपछि प्रमाणपत्र लिनका लागि टेकुमा युवाहरूको भीड बढेको हो ।
सयौँको संख्यामा मानिहरुको भीड बढेपछि टेकु अस्पतालमा अस्तव्यस्तता देखिएको छ भने झनै कोभिड–१९ संक्रमणको जोखिम पनि बढेको छ । देशका विभिन्न जिल्लाबाट विदेश जानका लागि आउनुभएका युवाहरु तिनदिन अघिदेखि लाइन बस्दा पनि आजसम्म प्रमाणपत्र लिने पालो नआएको बताउँछन् । विदेश जानका लागि खोपको आवश्यकता पर्ने र बल्लतल्ल खोप पाएको भएपनि प्रमाणपत्र लिन गाह्रो परेको उहाँहरुको भनाइ छ ।
खोपको लगाएको प्रमाणपत्र भएपछि विदेशमा क्वारेन्टिनमा बस्नु नपर्ने जनाइएको छ । ३ दिनदेखि लाइन बस्दा पनि प्रमाणपत्र नपाएपछि सरकारले चुस्त, दुरुस्त सेवा दिनका लागि ध्यान दिनुपर्ने बताएका छन् । कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिनका लागि धेरैदिनदेखि प्रतिक्षा गर्नुपर्दा खान, बस्नको समेत समस्या भइसकेको युवाहरूले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया