स्वास्थ्य

आइतबार करिब दुई लाखले कोभिडविरुद्धको खोप लगाए

इकागज |
साउन १७, २०७८ आइतबार १७:४५ बजे

काठमाडौँ- आज आइतबारमात्रै करिब दुई लाख मानिसले कोभिडविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा एक लाख ९५ हजार १३२ जनाले खोप लगाएका  हुन्।

पछिल्लो समय नेपालमा कोभिडविरुद्धको पहिलो र दोस्रो मात्रा भेरोसेलको खोप लगाउन थालिकएको छ । मन्त्रालयका अनुसार नेपालमा कोभिडविरुद्धको दुवै मात्रा पूरा गरेका १८ लाख १३ हजार ४७१ छन् । पहिलो मात्रा मात्रै लगाएका ४० लाख ६४ हजार २८८ जना छन् ।


केही साताअघि अमेरिकाबाट ल्याइएको जोनसन एण्ड जोसनसको जान्सिन खोप पनि लगाउन थालिएको छ । जान्सिन खोप कुल ६ लाख २७ हजार ७३८ जनाले लगाएका छन् ।

त्यसैगरी भेरोसेल पहिलो मात्रा २२ लाख ३५ हजार ८०४ र दोस्रो मात्रा सात लाख २५ हजार ४२५ जनाले लगाएका छन् । कोभिसिल्डको पहिलो मात्रा लगाउनेको संख्या १३ लाख ६८ हजार १७६ र दोस्रो मात्रा लगाउनेको संख्या चार लाख ६० हजार ३०८ जना छ ।

मुलुकमा कोभिडविरुद्धको चार वटा खोपले मान्यता पाएको छ । भारतको कोभिसिल्ड,चीनको भेरोसेल र अमेरिकाको जान्सिन खोपले मान्यता पाएको हो ।


Author

थप समाचार
x