स्वास्थ्य

काठमाडौँमा साढे ११ लाखले लगाए कोभिडविरुद्धको खोप

इकागज |
साउन १८, २०७८ सोमबार ११:४३ बजे

काठमाडौँ- कोभिडविरुद्धको खोप काठमाडौँमा ११ लाख ५७ हजार ५५७ जनाले लगाएका छन् । स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार कोभिसिल्डको पहिलो र दोस्रो मात्रा लगाउनेको संख्या दुई लाख ५१ हजार १६० छ । पहिलो मात्रा एक लाख ६० हजार ६५९ र दोस्रो मात्रा ९० हजार ५०१ जनाले लगाएका छन् ।

भेरोसेल खोप कुल सात लाख ६७ हजार ९३९ जनाले लगाएका छन् । पहिलो मात्रा पाँच लाख २१ लाख ९६४ र दोस्रो मात्रा दुई लाख ४५ हजार ९७५ जनाले लगाइसकेका छन् । त्यसैगरी अमेरिकी जोनसन एण्ड जोनसन खोप एक लाख ३८ हजार ४५८ जनाले लगाएका छन् ।


नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति पाएको तीनवटा कम्पनी लगाइएको छ । सरकारले कोभिसिल्ड, भेरोसेल र अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनको जान्सिन खोप हाल नेपालमा लगाइरहेको छ ।

 


Author

थप समाचार
x