कोभिड संक्रमितलाई शून्य नाफामा अक्सिजन वितरण गरिन्छ : राज्यमन्त्री श्रेष्ठ
काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड संक्रमितलाई शून्य नाफामा अक्सिजन वितरण गरिने कार्यलाई कार्यान्वयमा ल्याइने बताएका छन् । सोमबार मन्त्रालयमा सय दिने कार्यक्रम सार्वजनिक गर्दै उनले अक्सिन वितरणमा शून्य नाफा कायम गरी अविलम्ब कार्यान्वय गरिने दाबी गरे ।
मित्र राष्ट्र, दातृ निकाय र गैरसरकारी संस्थाहरूबाट प्राप्त स्वास्थ्य सामग्रीको विवरण सार्वजनिक गरीने श्रेष्ठले बताए । आइसीयू, एचडीयू, भेन्टिलेटरको उचित प्रबन्ध गरिने उनले जानकारी दिए ।
मन्त्रालयमा मौज्दात रहेका मास्क स्थानीय सरकार तथा जनस्वास्थ्य सम्बन्धी संस्थाहरूसंग समेत समन्वय गरी नेपाल मास्क सप्ताह (श्रावण २३ देखि २९) मार्फत नागरिकहरू वितरण गरिने श्रेष्ठको भनाइ छ ।
कोभिड-१९ को तेस्रो लहरको सामना गर्न समयतालिकासहित विशेष रणनीति र कार्ययोजना केही दिनमा सार्वजनिका गरिने राज्यमन्त्री श्रेष्ठले बताए । जनस्वास्थ्यको मापदण्ड राम्रोसँग पालना गर्न सम्पूर्ण नेपालीलाई उनले आग्रह गरे ।
मुलुकभरको सबै अस्पतालबाट कोभिड–१९ तथा गैर–कोभिड बिरामीको उपचार गर्नलाई व्यवस्था गरिने श्रेष्ठले बताए । प्रत्येक प्रदेशमा कोभिड–१९ कमाण्ड अस्पतालको अनुगमन र सुपरिवेक्षणका लागि मन्त्रालयबाट ११ औं तहको कर्मचारी खटाइने पनि उनले जानकारि दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया