असोज मसान्तसम्म एक तिहाइ नागरिकले कोभिडविरुद्धको खोप पाउनेः राज्यमन्त्री श्रेष्ठ
काठमाडौँ- असोज मसान्तसम्ममा एक तिहाइ नागरिकलाई कोभिडविरुद्धको खोप लगाइने स्वास्थ्य तथा जनसंख्या राजयमन्त्री उमेश श्रेष्ठले बताएका छन् । सोमबार मन्त्रालयमा १०० दिनेको कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सम्पूर्ण नागरिकलाई चैत मसान्तसम्म खोप लगाइसक्ने बताएका हुन् ।
'नेपाली जनताको जीवन रक्षा गर्नु मेरो सर्वोच्च प्राथमिकता हुनेछ,' उनले भने,' खोप खरिद र उचित व्यवस्थापन गरी तथा वितरण प्रणालीमा अविलम्ब आवश्यक सुधार गरी सययसीमा भित्र सबैलाई खोप उपलब्ध गराउनेछु ।'
पहिलो चरणमा कोभिशील्ड खोप लगाएका १३ लाख ४८ हजार नागरिकलाई जापान सरकारको अनुदानमा प्राप्त हुने अष्ट्राजेनेका खोप प्राप्त हुनासाथ तीन दिनभित्रमा वितरण गरिने श्रेष्ठले दाबी गरे । दोस्रो मात्रा खोपको प्रतिक्षामा रहेका जेष्ठ नागरिकलाई अविलम्ब खोपको व्यवस्था गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया