नेपालमा कोभिडविरुद्धको खोप उत्पादनको अध्ययन भइरहेको छः राज्यमन्त्री श्रेष्ठ
काठमाडौँ- कोभिड-१९ विरुद्धको खोप नेपालमा उत्पादन गर्न अध्यनन भइरहेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन् । सोमबार मन्त्रालयमा आफ्नो १०० दिनको कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले खोपको व्यावसायिक उत्पादनका सम्भावनामाथि सरकारले अध्ययन बढाइएको बताएका हुन् ।
खोप खरिदका गर्न नेपाल सरकार र एसियाली विकास बैंकका बीचमा १६५ मिलियन अमेरिकी डलरको ऋण सहायताको स्वीकृतिको चरणमा रहेको श्रेष्ठले बताए । 'फाइजरको ६० लाख खोप खरिदका प्रारम्भिक काम सम्पन्न भइ उत्पादक कम्पनीसँग खरिद प्रक्रियाको थालनी भइसकेको छ,' उनले भने ।
मन्त्रालयको जिम्मेवारी सम्हालेपछि वयस्क तथा किशोर-किशोरी समेतलाई लक्षित गरी मोडर्ना खोप ४० लाख र जोनसोन एण्ड जोनसोन खोप ५० लाख, फाइजर ४० लाख र अस्ट्राजेनिका २० लाख गरी कुल १ करोड ५० लाख मात्रा खरिद सम्झौता भइसकेको उनले जानकारी दिए ।
कोभिड–१९ को उपचारका लागि पूर्वाधारको विस्तार, जनशक्ति व्यवस्थापन, पीपीई लगायत अत्यावश्यक सामग्रीको व्यवस्थापन गरिएको श्रेष्ठले बताए । अतिरिक्त जनस्वास्थ्यकर्मीहरू परिचालन गरी कोभिड–१९ को एन्टीजेन र पीसीआर परीक्षणको दायरा व्यापक विस्तार गरिने उनले बताए । संक्रमितको उपचारका गर्न अस्पतालहरूमा रिक्त शैयाको विवरण तत्काल अद्यावधिक गरी बिरामी भर्ना प्रक्रिया सहजीकरण गरिने उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया