स्वास्थ्य

बढ्दै कोभिड संक्रमित : सोमबार थपिए ३,१२५ संक्रमित

इकागज |
साउन १८, २०७८ सोमबार १७:१६ बजे

काठमाडौँ- सोमबार तीन हजार १२५ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । १३ हजार ८११ जनाको कोभिड परीक्षण गर्दा उक्त संख्यामा संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ९२५ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी २३ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । देशभर सक्रिय संक्रमित ३१ हजार ६२९ जना छन् ।


त्यसैगरी उपत्यकामा ७७० जनामा संक्रमण पुष्टि भएको छ ।  काठमाडौँमा ५५६, भक्तपुरमा ९९ र ललितपुरमा ११५ जनामा कोभिड देखिएको हो ।  देशभरका विभिन्न अस्पतालको आइसीयूमा ६९० र भेन्टिलेटरमा १७५ जना उपचाररत छन् । होम आइसोलेसनमा २८ हजार ४०५, संस्थागत आइसोलेसनमा ३२२४ र क्वारेन्टीनमा ३६८ जना छन् ।

 


Author

थप समाचार
x