डाक्टर जागेश्वर गौतमको सरुवा रोक्न प्रधानमन्त्रीको निर्देशन
फाइल तस्बिर
काठमाडौँ - हिजो मात्रै सरुवा भएका डा.जागेश्वर गौतमसहित स्वास्थ्य पदाधिकारीहरुको सरुवा तत्काल रोक्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । सोमबारमात्रै सरकारले गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय जिम्मेवारीबाट हटाएर थापाथलीस्थित प्रसुती गृह सरुवा गरेको थियो ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गौतमसहित स्वास्थ्य अधिकारीको सरुवा गरेका थिए । प्रधानमन्त्री देउवाले ११ औँ तहका कर्मचारीको सरुवा राज्यमन्त्रीले गरेर नहुने भन्दै रोकेको स्वास्थ्यमन्त्रालय स्रोतले जानकारी दियो । स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले गौतमसहितका स्वास्थ्य अधिकारीको सरुवा रोकिएको इकागजलाई जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया