जागेश्वर गौतमको सरुवा सदर, वीरमा भुपेन्द्र बस्नेत
फाइल तस्बिर
काठमाडौँ - कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर)का प्रमुख कार्यकारी अधिकारी डा.जोगेश्वर गौतमको सरुवा सदर भएको छ । सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवा गरिएको थियो ।
तर, आज स्वास्थ्यमन्त्रीसमेत रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा उनको सरुवा रोकिएको थियो । तर, अहिले भने उनको सरुवा सदर गरिएको छ । उनको ठाउँमा युनिफाइड केन्द्रीय अस्पतालमा डा.भुपेन्द्र बस्नेतलाई पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया