स्वास्थ्य

थप ३ हजार ३८३ जनामा कोभिड संक्रमण, २४ जनाको मृत्यु

इकागज |
साउन १९, २०७८ मंगलबार १७:५२ बजे

काठमाडौँ - नेपालमा मंगलबार थप ३ हजार ३ सय ८३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ६ सय ३८ पिसिआर परीक्षणका क्रममा २ हजार ४ सय ४८ र ६ हजार ८० एन्टीजेन परीक्षणका क्रममा ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै नेपालमा संक्रमितको संख्या ७ लाख ६५ हजार ८१५ पुगेको छ । त्यस्तै कोभिडका कारण थप २४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा ९ हजार ९ सय २२ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् ।


त्यस्तै थप १ हजार ९ सय ९४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ६० हजार ११६ संक्रमिमणमुक्‍त भएका छन् । हाल ३२ हजार ५९ सक्रिय संक्रमित आइशोलेशन र ३७१ जना क्वारेन्टाइनमा छन् ।


Author

थप समाचार
x