स्वास्थ्य

वीपी प्रतिष्‍ठानका चारै पदाधिकारी हटाउने सहमति

इकागज |
साउन २०, २०७८ बुधबार ११:३१ बजे

काठमाडौँ - धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चारै जना पदाधिकारीलाई हटाउने प्रक्रियामा सहमति भएसँगै दुई महिनाबढीदेखि भएको आन्दोलन टुंगिएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी र वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान, शुद्धिकरण अभियान-२०७८ संयुक्त समिति संघर्ष समितिबीच वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०४९ को दफा ११ मा स्वास्थ्य भए अनुरुप चारै जना पदाधिकारीलाई हटाउने सहमति भएको हो । मन्त्रालयका तर्फबाट वार्ता समितिमा प्रवक्ता डा. कृष्ण पौडेलसहित अन्य कर्मचारी र संघर्ष समितिको तर्फबाट डा. एस पी रिमालसहित अन्य चिकित्सकहरू सहभागी भएका थिए ।


प्रतिष्ठानमा पदाधिकारी मापदण्डसहितको कार्यविधि बनाइ नियुक्ति गर्नुपर्नेछ । प्रतिष्ठानसँग सम्बन्धित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायमा विचाराधीन उजुरी तथा मुद्दाहरूको कारबाहीको प्रक्रियाको अवस्था बुझी शीघ्र कार्य फ्रस्यौटको लागि मन्त्रालयमा तोकिएको महाशाखाले समन्वय र सहजीकरण गर्ने ।

प्रतिष्ठानमा भएका अनियमितता , बेथितिहरूको विषयमा छानबिन गर्न अब बस्ने सञ्चालक परिषद्ले संयुक्त संघर्ष समितिको समेत प्रतिनिधित्त्व हुनेगरी अधिकार सम्पन्न उच्चस्तरीय आयोग बनाउने ।  

 


Author

थप समाचार
x