स्वास्थ्य

काठमाडौँमा सोमबारदेखि यी केन्द्रमा लगाइन्छ अष्ट्राजेनिकाको खोप

इकागज |
साउन २४, २०७८ आइतबार १२:२७ बजे

काठमाडौँ-  सोमबारदेखि (साउन २५ देखि २६) कोभिसिल्डको पहिलो डोज लगाएकाले अष्ट्राजेनिकाको खोप पाउने भएका छन् । काठमाडौँ जिल्लाको ११ स्थानीय तहमा खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय जनाएको छ ।

काठमाडौँ महानगरपालिकाको ३२,  किर्तिपुर नगरपालिका १०, चन्द्रागिरी नगरपालिका १५, नागार्जुन नगरपालिका १०, तारकेश्वर नगरपालिका ११, दक्षिणकाली नगरपालिका ९, बुढानिलकण्ठ १३, टोखा नगरपालिका ११, गोकर्णेश्वर नगरपालिका ९, शंकरापुर नगरपालिका ९ र कागेश्वरी मनोहरा नगरपालिकामा ९ वटा खोपकेन्द्र रहेको छ ।


त्यसैगरी काठमाडौँ महानगरपालिकामा हकमा काठमाडौँमा ठूला अस्पतालमा पनि खोप लगाइने भएको छ । राधास्वामी आइसोलेसन सेन्टर बालाजु, शशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल रत्पार्क, शिक्षण अस्पताल महाराजगञ्ज, निजामती कर्मचारी अस्पताल बानेश्वर  र परोपकार प्रसुती गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा खोप लगाइने भएको हो ।

यसअघि भेरोसेलको मात्रा लगाएकै खोप केन्द्रमा खोप लगाइने भएको हो । पहिलो मात्रा लगाएको खोप कार्ड लिएर जानुपर्नेछ । पूर्णरुपमा जनस्वास्थ्यको मापदण्ड पालना गरी खोप लगाउनुपर्नेछ ।


Author

थप समाचार
x