दोस्रो डोज पर्खिरहेकालाई आजबाट एस्ट्राजेनका खोप लगाउन सुरु
काठमाडौँ - कोभिसिल्डको एक डोज लगाएर दोस्रो मात्रा पर्खिरहेकालाई आजबाट एस्ट्राजेनका खोप लगाउन सुरु गरिएको छ । पहिलो डोज लगाएका ६५ वर्ष माथिका ज्येष्ठ नागरिक, वैदेशिक रोजगारी, अध्ययन र अन्य कारणले विदेश जाने, मिर्गौला डायलाईसिस गर्नुपर्ने तथा अङ्ग प्रत्यारोपण गरेका र क्यान्सरका बिरामी गरी १४लाख व्यक्तिलाई आजबाट दोस्रो डोज दिन थालिएको स्वास्थ्य राज्मन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार गत चैतमै पहिलो डोज लाएका उनीहरूले लामो समयसम्म दोस्रो मात्रा पाएका थिएनन् । खोप लगाउन काठमाडौं जिल्लामा मात्र १४४ वटा खोप केन्द्र तोकिएको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया