स्वास्थ्य

देशभर कोभिडका गम्भीर बिरामी ९२७

इकागज |
साउन २५, २०७८ सोमबार १८:५८ बजे

फाइल तस्बिर

काठमाडौँ - देशभर कोभिड संक्रमणका कारण गम्भीर अवस्थामा उपचार गराउनेको संख्या ९२७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आईसीयूमा ७४१ र भेन्टीलेटरमा १८६ जना उपचाररत छन् ।

प्रदेश १ मा आईसीयूमा १४६ र भेन्टीलेटरमा ५४ जना र मृतकको संख्या एक हजार ४३४ पुगेको छ। प्रदेश २ मा आईसीयूमा ४ जना उपचाररत र ७४८ जनाको मृत्यु भएको छ । बागमती प्रदेशमा आईसीयूमा ४५८, भेन्टीलेटरमा १०९ र मृतकको संख्या चार हजार ३०५ जना छन् ।


त्यसैगरी गण्डकीमा ६६ जना आईसीयू, भेन्टीलेटरमा २ र मृतकको संख्या एक हजार ११९ जना पुगेको छ । लुम्बिनीमा आईसीयूमा ५२, भेन्टीलेटरमा १३ र मृतकको संख्या एक हजार ६३० पुगेको छ । कर्णालीमा आईसीयूमा ६, भेन्टीलेटरमा १ र मृतकको संख्या ४३० र सुदूरपश्‍चिममा आईसीयूमा ९, भेन्टीलेटरमा ७ र मृतकको संख्या ४४९ जना पुगेको छ ।

देशभर कोभिड संक्रमणको कारण १० हजार ११५ को मृत्यु भइसकेको छ ।  संस्थागत आइसोलेसनमा तीन हजार ३८१ र होम आइसोलेसनमा ३२ हजार ९०७ संक्रमित रहेका छन् ।


Author

थप समाचार
x