स्वास्थ्य

असोज मसान्तसम्ममा एक करोड बढी खोप ल्याइनेः राज्यमन्त्री श्रेष्‍ठ

इकागज |
साउन २८, २०७८ बिहीबार १६:३४ बजे

काठमाडौँ- सरकारले असोज मसान्तसम्ममा कोभिडविरुद्धको एक करोड २ लाख डोज खोप ल्याउने भएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्‍ठले असोज मसान्त सम्म एक करोड बढी खोप ल्याइने जानकारी दिएका हुन् ।

श्रेष्ठका अनुसार माघ मसान्तसम्म तीन करोड २३ लाख खोप आयात हुने भएको छ । 'माघसम्ममा कोभिडिविरुद्धको पाँच करोड २३ लाख डोज खोप आयात हुने सरकारले अनुमान गरेको छ,' उनले भने ।


हालसम्म एक करोड ८ लाख ६० हजार १७० डोज खोप प्राप्‍त भएको श्रेष्ठको भनाइ छ । प्रक्रियामा तीन करोड ३६ लाख ७१ हजार ९५० डोज खोप आयातको प्रक्रियामा रहेको उनले जानकारी दिए ।

 


Author

थप समाचार
x