स्वास्थ्य

जापानमा एक हप्तामा ३ नेपालीको मृत्यु

इकागज |
साउन ३१, २०७८ आइतबार १४:२० बजे

फाइल तस्बिर

जापान - जापानमा एक हप्ताको अवधिमा तीन जना नेपालीको निधन भएको छ । काम र पढाइको शिलशिलामा जापान पुगेका ३ जना नेपालीको निधन भएकोहो ।
अगष्ट ८ गते आइतबार बागलुङ घर भइ ओशाकामा बस्ने ४२ बर्षीय हरिकला भण्डारीको उपचारको क्रममा निधन भयो ।

भण्डारी फोक्सोमा समस्या देखिएपछि एक वर्षदेखि उपचाररत थिइन । त्यस्तै बुधबार मुस्ताङ घर भइ टोकियोमा बस्दै आएका उज्वल तुलाचनको कोभिड संक्रमणका कारण मृत्यु भयो ।


जापानमा कोभिड संक्रमणको दर बढेसँगै अस्पतालमा बेडको अभाव हुनथालेपछि उनलाई घरमै आराम गर्न भनिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकोक्रममा निधन भएको हो ।

अर्का नेपाली महेन्द्रनगर घर भई सेन्दाइमा अध्ययनरत ३१ वर्षका कुवेर धामीको शनिबार मृत्यु भएको छ । शनिबार काम बाट फर्केपछि आफ्नै कोठामा सुतेका उनी ढिलासम्म नउठेपछि उठाउन जादाँ मृत अवस्थामा भेटिएका थिए । धामी विद्यार्थी भिसामा २ वर्षअघि मात्र जापान पुगेका थिए । कोभिड संक्रमण बढे सँगै नेपाली दूतावासले स्वास्थ्य मापदण्डसहित सतर्कता अपनाउन नेपाली समुदायमा अनुरोध गरेको छ 


Author

थप समाचार
x