निजी अस्पतालले ज्येष्ठ नागरिक उपचार कक्ष बनाएनन, संक्रामक रोग सर्ने उच्च जोखिम
फाइल तस्बिर
काठमाडौँ- निजी अस्पतालले ज्येष्ठ नागरिकलाई भौतिक सुविधा सम्पन्न कक्ष निर्माण नगरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५१ देखि २ सय शैय्याको ९९ अस्पताल मध्ये ८१ निजी अस्पतालको अनुगमन गर्दा भौतिक संरचना कमजोर रहेको र ज्येष्ठ नागरिकका लागि उपचार कक्ष निर्माण नगरेको पाइएको हो ।
महालेखा परीक्षकको ५८ औं प्रतिवेदन अनुसार ति सबै अस्पतालहरू व्यापारीक प्रयोजनका लागि मात्र निर्माण गरिएको छ । अस्पतालहरू कार्ययोजनाअनुसार सञ्चालन नगरिएको र औजार उपकरण मापदण्डअनुसार व्यवस्थापन नभएको पनि प्रतिवेदनमा उल्लेख छ ।
अस्पतालमा प्रयोगशाला मापदण्ड विपरीत बनाइएको उल्लेख छ । अस्पतालबाट निस्किएको फोहोर जन्य पदार्थहरू उचित तरिकाले व्यवस्थापन गरिएको छैन । आईसीयूमा आवश्यक भन्दा कम स्वास्थ्यकर्मी राखी उपचार व्यवस्था मिलाइएको छ । संक्रामक रोगबाट सुरक्षित रहन कुनै व्यवस्था नगरेको लगायतका कमिकमजोरी प्रस्ट लेखिएको छ ।
अस्पतालमा कुनै पनि स्वास्थ्यकर्मी पूर्णकालीन नरहेको जनाइएको छ । 'प्रत्येक वर्षको अनुगमनमा कमजोरी भेटाए पनि अस्पतालले सुधार गरेको छैन,'प्रतिवेदनमा लेखिएको छ,'प्रत्येक वर्ष एकै खाले कमजोरी भेटिएको छ । मापदण्ड अनुसार सञ्चालनमा नआएका अस्पताललाई कारबाही गर्नुपर्छ ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया