सरकारको लापरबाही : बालबालिकाले पाउनुपर्ने ४९ लाख खोप खेर गयो
काठमाडौँ- नेपालमा कोभिड-१९ को महामारी भएकाले कोभिडविरुद्धको खोप लगाउन थालेको एक वर्ष पनि पुगेको छैन । २०७६/७७ मा ठूलो परिमाणमा खोप खेर गएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । गत वर्ष माघको दोस्रो सातादेखि खोप लगाउन थालिएको थियो । तर सरकारले लापरबाही गर्दा एक वर्षमा बालबालिकाले निशुःल्क पाउने कुल ४८ लाख ७६ हजार ८९४ डोज खोप खेर डम्पिङमा पुगेको छ ।
बीसीजी खोप १८ लाख ९१ हजार ७८, पेन्टा डीपीटी चार लाख ४१ हजार ६८६, दादुरा रुबेला खोप आठ लाख ५ हजार ७७६, पोलियो ओपीभी चार लाख ५३ हजार १४०, जेई खोप चार लाख १७ हजार ८६, टीडी खोप आठ लाख ६८ हजार १२८ खोप खेर गएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा खोप कार्यक्रमको व्यवस्थापन सहज ढंगले नहुँदा वैदेशिक मुद्रामा खरिद गरिएको खोप बढी खेर गएको विभागले जनाएको छ । खोपको प्याकिङ खोलिसकेपछि निश्चित अवधिमा खोप प्रयोग गरिसक्नुपर्ने भए पनि समयमा प्रयोग नहुँदा पनि बढी खोप खेर गएको महालेखा परीक्षकको ५८ औ वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । डोज अनुसार खोप उपयोग हुन नसक्दा पनि खेर जाने खोपको संख्या बढेको हो ।
विभागका अनुसार बीसीजी खोप ५ लाख ३३ हजार ७३५ जनाले लगाएका थिए । २४ लाख २४ हजार ८१३ खोप खर्च भएको थियो । ७८ प्रतिशत खोप नष्ट भएको थियो । पेन्टा डीपीटी खोप १५ लाख २२ हजार ३४७ जनाले खोप लगाएका थिए । १९ लाख ६४ हजार ३३ खोप खर्च भएको थियो । २२ दशमलब ४९ प्रतिशत खोप खेर गएको थियो ।
दादूरा रुबेलाको खोप ९ लाख २० हजार ७९१ बालबालिकाले लगाएका थिए । १७ लाख २६ हजार ५६७ खोप खर्च भएको थियो । ४६ दशमलब ६७ प्रतिशत खोप खेर गएको छ । पोलियो ओपीभी १५ लाख २ हजार ९६६ जनाले खोप लगाएका थिए । १९ लाख ५६ हजार १०६ खोप खर्च भएको र २३ दशमलब १७ प्रतिशत खोप खेर गएको थियो ।
त्यसैगरी जेई खोप ४ लाख ७२ हजार ८० जनाले खोप लगाएका थिए । ८ लाख ८९ हजार १६६ खोप खर्च भएको तथा ४६ दशमलब ९१ प्रतिशत खोप खेर गएको छ । टीडी खोप ७ लाख ४३ हजार २१२ बालबालिकाले लगाएका छन् । १६ लाख ११ हजार ३४० डोज खोप खर्च भएको र ५३ दशमलब ८८ प्रतिशत खोप खेर गएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया