त्रिवि शिक्षण र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले दरबन्दी अनुसार स्वास्थ्यकर्मी भर्ना गर्न सकेनन्
काठमाडौँ - नेपालमा कोभिड-१९ को संक्रमित देखिएको करिब दुई वर्ष पुग्न लाग्दासम्म सरकारले महत्वपूर्ण सरकारी अस्पतालमा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी राख्न सकेको छैन । देशभरका मुख्य-मुख्य सरकारी अस्पतालमा दरबन्दी भन्दा कम स्वास्थ्यकर्मी रहेको पाइएको छ । महामारीमा पर्याप्त स्वास्थ्यकर्मी नराखी पुरानो दरबन्दी अनुसारका स्वास्थ्यकर्मीले कोभिड संक्रमितको उपचार गरिरहनु परिरहेको छ ।
छ अस्पतालमा दुई हजार दुई सय ७६ स्वास्थ्यकर्मीको दरबन्दी रिक्त हेको छ । कुल दरबन्दी आठ हजार सात सय १६ स्वास्थ्यकर्मी, कोभिड उपचारमा दुई हजार नौ सय ३२ स्वास्थ्यकर्मी संक्रमितको उपचारमा खटिएका छन् ।
त्रिवी शिक्षण अस्पतालमा कुल दरबन्दी एक हजार सात सय ५५,दरबन्दी रिक्त छ सय पाँच तथा उपचारमा खटिएका स्वास्थ्यकर्मी एक हजार ७७ र सात सय ३७ बेड छन् । कोभिड उपचारमा एक हजार ७७ जना स्वास्थ्यकर्मी खटिएका छन् ।
ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २३१ शय्या,एक हजार ८३ स्वास्थ्यकर्मीको दरबन्दी रहेका मध्ये एक हजार चार सय २५ जना स्वास्थ्यकर्मीले संक्रमितको उपचार गरिहेका छन् । एक हजार ४२५ स्वास्थ्यकर्मी कोभिड संक्रमितको उपचारतमा खटिएका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन सय एक शय्या, छ सय एक जना स्वास्थ्यकर्मीको दरबन्दी छ । दरबन्दी रिक्त एक सय ६१ र उपचारमा खटिएका एक सय पाँच स्वास्थ्यकर्मी छन् । कोभिड संक्रमितको उपचारका लागि १०५ स्वास्थ्यकर्मी खटिएका छन् ।
भेरी अस्पतालमा तीन सय ३६ शैय्या, कुल दरबन्दी १४१, दरबन्दी रिक्त ५१ र संक्रमितको उपचारमा खटिएका २५ स्वास्थ्यकर्मी छन् । कोभिड संक्रमितको उपचारमा २५ स्वास्थ्यकर्मी छन् ।
भरतपुर अस्पतालमा तीन सय शैय्या, तीन सय ८१ स्वास्थ्यकर्मीको दरबन्दी रहे पनि दुई सय स्वास्थ्यकर्मीले उपचार गराइरहेका छन् । ८६ दरबन्दी खाली रहेको र कोभिड संक्रमितको उपचारमा दुई सय स्वास्थ्यकर्मी उपचाररत छन् ।
वीरगञ्जको नारायणी अस्पतालमा एक सय ९५ शैय्या, एक सय ९९ स्वास्थ्यकर्मीको दरबन्दी रहेका मध्ये एक सय स्वास्थ्यकर्मीले कोभिड संक्रमितको उपचार गरिरहेका छन् ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सात सय शय्या, तीन हजार दुई सय २६ जनाको दरबन्दी छ । रिक्त दरबन्दीमा एक हजार तीन सय ४६ स्वास्थ्यकर्मीको आवश्यक्ता रहेको महालेखा परीक्षणको प्रतिवेदनले जनाएको छ ।
नौ अस्पतालमा कुल दरबन्दी आठ हजार ५४४ स्वास्थ्यकर्मीको रहेको छ । महालेखा परीक्षणको कार्यालयले तीन अस्पताल वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त दरबन्दीको संख्या भने खुलाएको छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया