अफगानिस्तानबाट आएका नेपालीले पोलियोविरुद्धको खोप पाउने
फाइल तस्बिर
काठमाडौँ- अफगानिस्तानबाट फर्केका नेपाली नागरिकले पोलियोविरुद्धको खोप पाउने भएका छन् । सरकारले अफगानिस्तानबाट फर्केका नेपालीलाई पोलियोविरुद्धको खोप दिने निर्णय गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् ।
अफगानिस्तानमा पोलियोको संक्रमण फैलिएकाले खोप दिने निर्णय गरेको उनले बताए । नजिकैको खोप केन्द्रमा गएर खोप लगाउनलाई उनले आग्रह गरे
अफगानिस्तानबाट फर्कनुभएका (उद्दार गरी ल्याइएका) सबैलाई पोलियो खोप दिने सरकारले निर्णय गरेको छ । अफगानिस्तानमा फैलिएको पोलियो संक्रमणलाई दृष्टिगत गरी यो निर्णय भएको हुँदा नजिकको खोप केन्द्रबाट पोलियो खोप लिनुहुन सूचित गरिएको छ ।
— Umesh Shrestha (@MohpStateMin) August 23, 2021
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया